(१) प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र प्रत्येक संस्था वा संघले वार्षिक साधारण सभा बोलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम वार्षिक साधारण सभा नबोलाइएको अवस्थामा कुनै सदस्यले त्यस्तो सभा बोलाउन रजिष्ट्रार समक्ष निवेदन दिएमा वा त्यस्तो निवेदन नदिएमा पनि उपनियम (१) मा तोकिएको म्याद समाप्त भएको मितिले ३५ दिनभित्र रजिष्ट्रारले वा निजले तोकेको व्यक्तिले त्यस्तो सभा बोलाउन सक्नेछ ।
(३) वार्षिक साधारण सभाको गणपूरक संख्या त्यस्तो सभाको कुल सदस्य संख्याको हकमा पच्चीस प्रतिशत वा १३ जनामा जुन बढी हुन्छ सोही र संघको हकमा पचास प्रतिशत हुनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सभा संचालनको लागि पहिलो पटक गणपूरक संख्या नपुगी दोस्रो पटक सभा बोलाउनु परेको अवस्थामा
कम्तीमा सात दिनको अर्को सूचना दिनु पर्नेछ र त्यसरी दोस्रो पटक बोलाइएको सभाको गणपूरक संख्या कुल सदस्य संख्याको संस्थाको हकमा १५ प्रतिशत वा एघार जनामा जुन बढी हुन्छ सोही र संघको हकमा चालीस प्रतिशत हुनेछ ।
(५) वार्षिक साधारण सभाको सभापतित्व समितिको अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले सभाको सभापतित्व
गर्नेछ ।
(६) वार्षिक साधारण सभामा छलफल गरिने सबै विषयहरू प्रस्तावको रूपमा पेश गर्नु पर्नेछ र त्यस्तो प्रस्ताव सभामा उपस्थित सदस्यहरूको वहुमतबाट निर्णय गरिनेछ । मत बराबर भएमा सभापतिले निर्णायक मत दिनेछ ।